काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेश फिर्ता लिने निर्णय स्वागतयोग्य रहेको बताएका छन्।
सरकारले चार दिनअघि ल्याएका राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज फिर्ता लिने निर्णय गरेको थियो।
अध्यक्ष थापाले जनभावनाको सम्मान गर्दै गल्ती सच्याउने सरकारको प्रयासलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका