सुन आयातमा आधा कटौती, दैनिक कोटा १० किलो मात्रै

२२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो । यस अघि इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे । रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय […]

सम्बन्धित सामग्री

बढ्यो सुन आयातको कोटा, दैनिक २० केजी आयात गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ । राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने गरी कोटा बढाएको हो । एक दुई दिनमा कोटा बढाइएको विषयमा औपचारिक जानकारी गराइने बुझिएको छ । वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई दोब्बर बनाउने निर्णय राष्ट्रबैंकले […]

१० वर्षअघिको आर्थिक अभियानबाट : सुन आयातको कोटा तोक्नु हुँदैन

सरकारले सुनचाँदी आयात खुला गर्दै छ । यो राम्रो कुरा हो । यसका लागि हामीले पनि सुझाव पठाएका छौं । हामीले त नेपाल सुनचाँदी व्यवसायी संघलाई मात्रै सुनको आयात गर्न दिनुपर्ने माग गरेका छौं । यसो भयो भने मात्र सुन व्यवसाय व्यवस्थित हुन सक्छ । सरकारले आन्तरिक बजारलाई दृष्टिगत गरी सुन आयात गर्ने शक्ति छैन । अब सुनको आयात गर्दा आन्तरिक बजारमा यसको माग हेरेर गरिनुपर्छ । सरकारले यसअघि सुन आयातमा कोटा तोकेको हुँदा बजारको मागअनुसार सुन आयात हुन सकेको थिएन । यसपालि भने कोटा प्रणाली लागू नहोस् भन्ने हाम्रो माग छ । कोटा प्रणाली लागू भएपछि अनावश्यक विवाद आउन सक्छ । यो प्रणालीले आन्तरिक बजारमा सुनको पूर्ण रूपमा आपूर्ति गर्न असम्भव छ । सरकारले यस कुरामा ध्यान दिनु जरुरी छ ।  (नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यसँगको कुराकानीबाट) वर्ष ६, अंक ६६ बिहीवार, ९ मंसिर, २०६७

दैनिक १० किलो मात्र सुन आयात गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा घटाएर १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि सुन आयातमा कडाइ गरेको हो । राष्ट्र बैंकले आइतवार सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ संशोधन गर्दै आयात कोटा घटाएको हो । कोभिड महामारी शुरू भएपछि सरकारले सुन आयात कोटा घटाएर दैनिक १० किलो बनाएको राष्ट्र बैंकले २०७७ चैत १९ गतेदेखि २० किलो बनाएको थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पुससम्ममा देशको शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा छ । यसैगरी विदेशी विनिमय सञ्चिति घटेर ११ खर्ब ६५ अर्ब ८० करोडमा झरेको छ जुन ६ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । शोधनान्तर घाटा उच्च भएपछि २ महीनाअघि राष्ट्र बैंकले चाँदी, सवारीसाधन, शृंगार र विलासितालगायत सामानआयातमा कडाइ गरेको थियो । व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुनचाँदी आयातमा नियन्त्रण थालेको हो । सरकारले सुनचाँदी आयात तथा विक्री नियमन गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिएको थियो । त्यसपछि राष्ट्र बैंकले सुनचाँदी आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ जारी गर्दै सुन आयातको कोटा तोक्नुका साथै वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । कार्यविधिमा आयातित सुन व्यावसायिक संस्थाहरूको सिफारिशमा व्यापारीहरूलाई विक्री गर्नुपर्ने र उक्त सुन व्यवसायीले गरगहना बनाएर मात्र विक्री गर्न पाउने प्रावधान छ । व्यवसायीहरूले ढिक्का सुन विक्री गर्न नपाउने व्यवस्था कार्यविधिमा गरिएको छ । कार्यविधिको प्रावधानका आधारमा राष्ट्र बैंकले देशको आर्थिक अवस्थाका आधारमा सुन आयातसम्बन्धी कोटा समय–समयमा परिवर्तन गर्दै आएको छ । राष्ट्र बैंकले चाडपर्व र विवाहको सिजनमा दैनिक २५ किलो सुन आयात गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

अब एक दिनमा १० किलो मात्रै सुन आयात गर्न पाइने

काठमाडाै‌ । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । बैंकले आज एक परिपत्र जारी गर्दै सुन आयातमा कडाइ स्वरुप कोटा घटाएको हो । यसअघि प्रतिदिन २० किलोसम्म सुन आयातको कोटा तोकिएकोमा त्यसलाई घटाएर १० किलो बनाइएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा […] The post अब एक दिनमा १० किलो मात्रै सुन आयात गर्न पाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुन आयातमा थप कडाई, दैनिक १० किलो मात्र सुन आयात

काठमाडौं । विदेशी मुद्रा सञ्चिति निरन्तर घट्न थालेसँगै राष्ट्र बैंकले सुन आयातमा थप कडाई गरेको छ । राष्ट्र बैंकले सुन आयातको कोटा आधाले घटाइदिएको हो । राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र २०७८ संशोधन गर्दै सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलो कायम गरेको हो । सुन आयातमा ठूलो रकम बिदेशिएपछि राष्ट्र बैंकले सुन […]

सुन आयातको कोटा घट्यो, अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने

नेपाल राष्ट्र बैंकले सुन आयातमा थप कडाइ गर्ने भएको छ । आइतबार एक निर्देश जारी गर्दै राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न निर्देशन गरेको हो । यसअघि बैंकहरुले दैनिक २० किलोग्राम सम्म सुन आयात गर्न पाउँथे । तर, पछिल्लो समय रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको मूल्य बढ्दै गएपछि र नेपालको विदेशी मुद्राको संचिति समेत घटेपछि बैंकले सुन आयात नियन्त्रणको नीति लिएको हो ।

सुन आयात परिमाण बढ्यो

अब बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने भएका छन् । यसका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेको छ । यो एक वर्षअघिकै अवस्था हो। एक वर्षअघिसम्म बैंकले दैनिक २० किलो र लगनका समयमा दैनिक २५ किलो सुन आयात गर्न पाउँथे। विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत चैत १६ मा सरकारले दैनिक २० किलोबाट सुन आयातको कोटा १० किलो बनाएको थियो। कान्तिपुरमा खबर छ ।

दैनिक २० किलो सुन आयात गर्न पाउने

नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । बिहिबार बैंकहरुलाई निर्देशन जारी गर्दै दैनिक दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । कोभिड–१९ को महामारी सुरु भएसँगै सरकारले विदेशी मुद्राको खर्चमा मितव्ययी हुनका लागि सुन आयातमा कडाइ गर्दै दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । कोभिड […]

नेपाल राष्ट्र बैंकले बढायो दैनिक सुन आयात गर्ने परिमाण

काठमाडाैं : नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको सीमा २० किलोसम्म बनाएको छ। केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रा