संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, ऋषि कट्टेल नेतृत्वको नेकपाले कात्तिक ३० गतेसम्मका चुनाव विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्य