धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। ५ सय ५३ मतगणना हुँदा अग्रता फराकिलो बनाउँदै गएका हमालले २५० मत पाएका छन्।सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १६७, नेकपा एमालेका रणबहादुर चन्दले २५ मत पाएका छन्। मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। मतगणनास्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीति