धनगढीमा स्वतन्त्र उम्मेदवार अग्रता

धनगढी उपमहानगपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन ।

सम्बन्धित सामग्री

डडेल्धुरा प्रदेश २ मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।

रुकुमपूर्व प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

रुकुम (पूर्व) : रुकुम पूर्वको प्रदेशसभा क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर (अजयशक्ति) विजयी भएका छन्।सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक) लाई बिजुलीको बल्ब चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार अजयशक्तिले पराजित गरेका हुन्।  ओली नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य हुन् भने स्वतन्त्र उम्मेदवार पुन मगर नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य थिए। स्वतन्त्र उम्मेदवार पुन मगरले ४ हजार ४६५ मत प्राप्त गरेर विजयी भएका हुन्।

महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

काठमाडौँ,६ मँसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच […]

रौतहट – ३ मा स्वतन्त्र उम्मेदवार अगाडि

राैतहट – रौतहट क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारहरुले अग्रता बनाएका छन् । मौलापुर-९, सोनारनिया र गुजरा नपा १,८ र ९ काे मत गन्दा स्वतन्त्र उम्मेदवार प्रभु साहले ३ हजार ३१५ मत ल्याउनुभएकाे छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले १ हजार ८८२ मत ल्याउनुभएकाे छ । माओवादीकाे तर्फबाट एकल चुनाव चिन्ह लिएर उठ्नुभएका रवीन्द्र पटेलले १ हजार २२८ मत पाउनुभएकाे छ ।

मधेस प्रदेशसभा सदस्यमा ५४७ स्वतन्त्र उम्मेदवार

मधेस प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ५४७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभाको ६४ सिटमा ५४७ स्वतन्त्र उम्मेदवार दलका उम्मेदवारविरुद्ध प्रतिस्पर्धामा उत्रिएका हुन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ तर्फ ३ जना र ‘ख’ तर्फ ३ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै सप्तरी क्षेत्र नम्बर २ को ‘क’ मा ७ जना र ‘ख’ मा ५ जना स्वतन्त्र उम्मेदवार छन् ।यसैगरी सप्तरी क्षेत्

स्थानीय तह निर्वाचन: ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

ललितपुर महानगरपालिका-१३ मा स्वतन्त्र उम्मेदवार केसी विजयी

काठमाडौँ – ललितपुर महानगरपालिका वडा नम्बर –१३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार केसीले ८६८ मतका साथ सो वडाको अध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६८९ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले २७६ मत प्राप्त गरेका छन्। वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।

बर्दिबासको मेयर र उपमेयरमै स्वतन्त्र उम्मेदवार विजयी

जनकपुरधाम – महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन्। मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लाद कुमार क्षेत्री निर्वाचित भएका हुन्। उनले १४ हजार २१० मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत ल्याए। क्षेत्री जेब्रा छापबाट चुनाव लडेका थिए। यस्तै उपमेयरमा स्वतन्त्र उम्मेदवार तारादेवी निर्वाचित भएकी छन्। […]

महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवार विजयी

जनकपुरधाम – महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन्। मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्री निर्वाचित भएका हुन्। उनले १४ हजार २१० मत ल्याएर निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका राजु खडका ८ हजार ३२३ मत ल्याएका हुन्। क्षेत्री जेब्रा छापबाट चुनाव लडेका थिए। यस्तै उपमेयरमा स्वतन्त्र […]

धनगढीमा गठबन्धन पछि, स्वतन्त्र उम्मेदवार अघि

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । २७५३  मत गन्दा हमालले १२९२  मतका साथ अग्रता लिएका छन् । यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले ७६२ मत ल्याएका छन् ।उपमेयरमा गठबन्धनबाट शान्ति अधिकारीले ६३८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४४८ मत ल्याएका छन् ।