जनकपुरधाम। प्रदेश प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध थालेको आन्दोलन स्थगित गरेको छ। प्रदेश प्रमुखको कार्यालय अगाडि मधेश सरकारले तीनदिनदेखि धर्ना दिँदै आएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले मात्रको मंगलबार आन्दोलन फिर्ता लिएको हो।