जनकपुरधाम – प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश प्रदेश सरकारले आन्दोलन रोकेको हो। मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन्। मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै […]