पाँचौ तथा अन्तिम टी–२० मा नेपालले युगाण्डाको महिला टोलीलाई ३३ रनले हरायो

काठमाण्डाै – युगाण्डासँगको पाँचौ तथा अन्तिम टी–ट्वेण्टी क्रिकेट नेपाली राष्ट्रिय महिला टोलीले जितेको छ । नेपालले आज युगाण्डालाई ३३ रनले हरायो । नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ नेपालका सीता रानामगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरान्मायी रोयले एक/एक विकेट लिए । यसअघि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ...

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टिमले जापानलाई हरायो

काठमाडौँ । नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो । जापानलाई कम रनमा समेटन नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा […] The post नेपाली महिला क्रिकेट टिमले जापानलाई हरायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मैत्रीपूर्ण महिला क्रिकेटः विराटनगर क्रिकेट क्लबले अल इण्डियालाई ९ विकेटले हरायो

मोरङ – नेपाल र भारतको महिला क्रिकेट टोलीबीचको पहिलो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालको विराटनगर क्रिकेट क्लब एण्ड एकेडमीले जित निकालेको छ। शनिबार विराटनगरस्थित मेरिबलोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराटनगरको टोलीले भारतको अल इण्डिया महिला टी–२० टीमलाई ९ विकेटले पराजित गर्दै तीन वटा खेलको टी–२० सिरिजमा सुखद सुरुवात गरेको हो। टस जितेर ब्याटिङ गरेको अल […]

महिला टी–२० विश्व कपमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हरायो

काठमाण्डाै - दक्षिण अफ्रिकामा चलिरहेको महिला टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हराएको छ । अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो । जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ ओभर ५ बलमा कुनै विकेट नगुमाइ भेट्टायो । उसका एलिसा हेली ५४ तथा बेथ मुनी ५६ रनमा अविजित रहे । हेली महिला टी–२० विश्व कपमा ७ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । हेलीले वेस्टइन्डिजकी स्टेफली टेलर र न्युजिल्यान्डकी सुजी बेट्सको समान ६ अर्धशतकको कीर्तिमान तोडेकी हुन् । त्यसअघि टस हारेर...

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा भएको छ । आज बुधवार भएकाे खेलमा लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइलनमा पुगेसँगै चार वटै टोलीको टुङ्गो लागेको हो । यसअघि हिजो मङ्गलवार नै प्रदेश १, सुदूरपश्चिम र एपीएफ क्लब अन्तिम चारमा पुगिसकेका छन् । आज मधेसले लुम्बिनीलाई १६ रनले हरायो । जितका लागि एक सय आठ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धाारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनमात्रै बनायो । लुम्बिनीका लागि मधु डिसी र रञ्जु श्रेष्ठले समान २१ रन बनाए । मधेसकी भू...

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले कुवेतलाई २५ रनले हरायो

काठमाण्डाै - एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ । मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनायो । उसका लागि प्रीयदा मुरलीले सर्वाधिक ३१ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले २ तथा अस्मिता कर्माचार्य, सङ्गीता राई र इन्दु बर्माले १/१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले नटआउट ३४ र ...

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान ५० रनले पराजित

३ असार, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो । जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी […]

१९ वर्षमुनिको महिला टी-२० विश्व कप छनोटमा नेपालले भुटानलाई हरायो

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएको छ। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायो।...

महिला क्रिकेटमा लुम्बिनीले ललितपुरलाई हरायो, एपीएफको लगातार दोस्रो जित

ललितपुर – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा लुम्बिनीले ललितपुरलाई दुई रनले हरायो । लुम्बिनीले दिएको ९५ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स ११ ले २० ओभरमा नौ विकेट गुमाएर ९२ रनमात्रै बनायो । ललितपुरलाई अन्तिम ओभरमा ६ रन चाहिएको थियो । तर लुम्बिनीकी नेरी थापाले १९ ओभर दुई बलदेखि चार बलसम्म लगातार तीन विकेट लिएर ह्याट्रिक गरेपछि ललिपुरले हार्‍य...

महिला टी–२० विश्व कप एसिया छनोट : नेपालले भुटानलाई ८ विकेटले हरायो

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई आठ विकेटले हराएको छ ।दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले आठ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । बलिङतर्फ नेपालकी सीता राना मगरले चार ओभरमा १० रन दिएर तीन विकेट लिइन् । यस्तै करुणा भण्डारीले...