काठमाण्डाै - एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ ।
मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनायो । उसका लागि प्रीयदा मुरलीले सर्वाधिक ३१ रन बनाइन् ।
बलिङतर्फ नेपालकी सीता रानामगरले २ तथा अस्मिता कर्माचार्य, सङ्गीता राई र इन्दु बर्माले १/१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले नटआउट ३४ र ...