काठमाण्डाै - दक्षिण अफ्रिकामा चलिरहेको महिला टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हराएको छ । अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो ।
जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ ओभर ५ बलमा कुनै विकेट नगुमाइ भेट्टायो । उसका एलिसा हेली ५४ तथा बेथ मुनी ५६ रनमा अविजित रहे । हेली महिला टी–२० विश्व कपमा ७ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।
हेलीले वेस्टइन्डिजकी स्टेफली टेलर र न्युजिल्यान्डकी सुजी बेट्सको समान ६ अर्धशतकको कीर्तिमान तोडेकी हुन् । त्यसअघि टस हारेर...