काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ । सुनसरीको इटहरीमा आज भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले एपीएफलाई ५२ रनको लक्ष्य दिएको थियो ।
एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । एपीएफकी कप्तान सीता राना मगरले अविजित १९ रन तथा रोमा थापाले १४ रन जोडिन् । गण्डकीकी सृष्टि जैसीले ३ विकेट लिइन् । त्यसअघि गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थ...