माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । बैठक बिहान साढे ११ बजेपछि सुरु हुने नेता रघुजी पन्तले जानकारी दिए । बैठकमा पार्टी एकता, आफ्नो समूहको रणनीतिलगायतका विषयमा छलफल केन्द्रीत छ । हिजोको बैठकमा रामकुमारी झाँक्री, विजय पौडेलसहित एक दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

सम्बन्धित सामग्री

आज पनि बस्दै एमाले बैठक

नेकपा एमालेको केन्द्रीय समिति  बैठक आज पनि बस्दैछ।  ललितपुरको च्यासलमा बस्ने बैठकमा  एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे निर्णय हुन सक्ने बताइएको छ । बिहीबारको बैठकले कारबाहीबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

शनिबारको केन्द्रीय कमिटी बैठकमा नजाने माधव नेपाल पक्षको निर्णय

काठमाडाैं : भोलि (शनिबार) हुने नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव नेपाल समूहले निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय समिति बैठक बोलाएका थिए। आज बानेश्वरमा बसेको माधव पक्षीय स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। प्राप्त जानकारी अनुसार आज  बानेश्वरमा बसेको बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै त्यसमा सह