नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ ।
केपी ओलीले बोलाएको सो बैठकमा माधव नेपाल पक्ष सहभागी हुने नहुने निश्चित भइसकेको छैन । पार्टीभित्र विवादका कारण नेपाल समूहले ओलीले बोलाएको बैठक ब...