युक्रेनमाथि रुसी हमलालगत्तै पेट्रोलियम पद्धार्थको मूल्य सय डलर नाघ्यो

काठमाडौं, १२ फागुन । रुसले युक्रेनमाथि हमला गरेलगत्तै विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य ह्वात्तै बढेको छ । कच्चा तेलको मूल्य बढेर प्रति ब्यारल एक सय डलर नाघेको छ । किर्तिमान बनाउँदै तेलको मूल्य बढेपछि सँसारभरको अर्थतन्त्रमा ठूलो असर पर्ने भएको छ । अहिलेको ताजा अवस्थामा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल १०२ डलर नाघेको छ । […]

सम्बन्धित सामग्री

घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य, ७ महिना यताकै न्यून बिन्दुमा

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आयल प्राइस डटकमका अनुसार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको हो । मूल्य घटेर ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९३.७६ अमेरिकी डलरमा आइपुगेको छ । यस्तै, डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७.६९ अमेरिकी डलर कायम भएको छ । यो पछिल्लो ७ महिना यताकै न्यून बिन्दु हो । यसअघि, १ महिना अघि कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९४ डलरसम्म आइपुगेको थियो । जुन, फेरि बढेर प्रति ब्यारेल १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो ।यह

विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढ्यो

एजेन्सी, २१ फागुन । पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागेको छ । विश्व बजारमा आज कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलरसम्म पुगेको छ । आज ब्रन्ट क्रुडको ११८, ओपेक बास्केटको ११७, डब्लुटिआई क्रुडको ११५, बोनी लाइटको ११५ डलर प्रति ब्यारल पुगेको छ । युक्रेन संकटबाट नै तेलको मूल्य उकालो लागेको थियो । रुसले युक्रेनमाथि […]

प्रतिब्यारेल ११६ अमेरिकी डलर पुग्यो कच्चा तेलको मूल्य

रुस र युक्रेनबीच जारी युद्धको प्रभाव कच्चा पेट्रोलियम तेलमा परेको छ । विश्वको दोस्रो ठूलो निर्यातकर्ता मुलुक रुस छिमेकी युक्रेनसँगको युद्धमा फस्दा तेलको मूल्यले निरन्तर उचाई हासिल गरेको हो ।आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६.२० अमेरिकी डलर पुगेको छ । एक साताअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ९२ अमेरिकी डलर आसपासमा बिक्री भइरहेको थियो । आज एकै दिन कच्चा तेलको मूल्य ३.२७ प्रतिशतले उकालो लागेको छ ।रुसले युक्रेनमा हमला सुरू गरेपछि विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य उचालिएको हो । यस्तै, आज

तेलको मूल्य प्रति ब्यारल १११ डलर

काठमाडौं, १८ फागुन । युक्रेन संकटले निरन्तर उकालो लागेको पेट्रोलियम पद्धार्थको मूल्यले अर्को कीर्तिमान कायम गरेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल १११ डलर सम्म पुगेको छ । अयल प्राइसका अनुसार ब्रेन्ट क्रुडको मूल्य १११ डलर नाघेको छ । डब्लुटिआई क्रुडको १०९, ओपेक बास्केकटको १००, बोनी लाइटको १०७ डलर पुगेको छ । विश्व बजारमा […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो, के गर्ला निगमले ?

नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा रही पुनः निरन्तर बढ्दै गएको बताएको छ । निगमका अनुसार कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा ईण्डियन आयल कर्पोरेशन फागुन ४ गते नयाँ मूल्य पठाएको जानकारी दिएको हो ।प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल रु. ५.६१ ले बढेको, डिजेल रु. ५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको निगमको भनाइ छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब रू. २ अर्ब ४१ करोड घाट

एक वर्षमा साढे ६९ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल राष्ट्र बैंकले गएको एक वर्षमा ६९.५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १.१ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बिहीबार गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक रिर्पोट सार्वजनकि गरेको बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९.५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४.५३ अमेरिकी डलर पुगेको बताएको हो । यस्तो मूल्य अघिल्लो वर्ष प्रति ब्यारेल ४३.९६ अमेरिकी डलर रहेको बैंकले जनाएको छ । समिक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ती

कति पुग्ला पेट्रोलियम पदार्थको मूल्य?

काठमाडौं। कोरोना महामारीका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। यतिबेला कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल ७५ अमेरिकी डलर पुगिसकेको छ। यो तीन वर्षअघिको मूल्यको बराबरी हो। यही गतिमा पेट्रोलियम पदार्थको मूल्य बढेमा प्रतिब्यारेल १०० डलरसम्म पुग्ने आँकलन गरिएको छ। खासगरी तेल उत्पादक राष्ट्रहरुले तेलको उत्पादन घटाउँदा मूल्य बढ्न पुगेको हो।

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।नेपाल आयल निगमले  पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो।मूल्य बढेपछि पेट्रोलको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ कायम भएको छ। हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर २ रुपैयाँले बढाई ८२ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा पनि प्रतिकिलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १४८.३ प्रतिशतले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा २०७७ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर २७.८९ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७८ बैशाख मसान्तमा १४८.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६९.२४ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७०८.४० रहेकोमा २०७८ बैशाख मसान्तमा ७.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १८३८.१० पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।