अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आयल प्राइस डटकमका अनुसार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको हो । मूल्य घटेर ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९३.७६ अमेरिकी डलरमा आइपुगेको छ । यस्तै, डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७.६९ अमेरिकी डलर कायम भएको छ । यो पछिल्लो ७ महिना यताकै न्यून बिन्दु हो । यसअघि, १ महिना अघि कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९४ डलरसम्म आइपुगेको थियो । जुन, फेरि बढेर प्रति ब्यारेल १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो ।यह