अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा २०७७ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर २७.८९ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७८ बैशाख मसान्तमा १४८.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६९.२४ पुगेको
छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७०८.४० रहेकोमा २०७८ बैशाख मसान्तमा ७.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १८३८.१० पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।