वीपीका चिकित्सक कर्मचारी र व्यवस्थापनबीच वार्ता, सर्त पूरा भए मात्रै वार्तामा बस्ने अडान

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सातादेखि आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र व्यवस्थापन पक्षबीच वार्ता भएको छ ।...

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी काममा फर्किए

सुनसरी, भदौ २७ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु काममा फर्किएका छन् । प्रतिष्ठानका चिकित्सक र कर्मचारीले उठाएका माग पूरा गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता पछि चिकित्सकहरु काममा फकिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकाली कोरोना संक्रमणको समयमा विरामीलाई परेको मारलाई मध्यनजर गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियोे । मन्त्रालयले […]

पूर्वउपकुलपतिहरुको अपील : बीपी प्रतिष्ठानको जायज माग पूरा गर

विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले उठाएका जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

पूर्वउपकुलपतिहरुको अपील : बीपी प्रतिष्ठानको जायज माग पूरा गर

विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले उठाएका जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

बीपी आन्दोलन : उच्चस्तरीय अध्ययन कार्यदलले थाल्यो छलफल

धरान । विगत ३५ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी ‘बीपी शुद्धीकरण अभियान’ अन्तर्गतको आन्दोलन निकासतर्फ प्रवेश गरेको छ । प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा सहित अनियमितता सुधारको माग गर्दै आन्दोलित संयुक्त संघर्ष समितिसँग सोमवार उच्चस्तरीय अध्ययन कार्यदलले अध्ययन शुरू गरेपछि आन्दोलन टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरी छलफलमा बसेपछि संघर्ष समितिले उनी लगायत चार उच्च पदाधिकारीको राजीनामा सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय आयोग गठन गरी छानबिन हुनुपर्ने माग गर्दैै आएको थियो । आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा आठसदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले अध्ययन शुरू गरेपछि संघर्ष समितिले घोषणा गरेको आकस्मिक बाहेक दुई घण्टा सेवा बन्दको कार्यक्रम फिर्ता लिएको छ । माग पूरा नभएसम्म दैनिक दुई घण्टा धर्ना तथा विरोधसभा भने चलिरहने समितिका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले बताए । ‘सचिवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठनपछि सकारात्मक बनेका छौं, यसले निकास दिने विश्वास छ ।’ पहिलो चरणको छलफल सकारात्मक रहेको उनको प्रतिक्रिया छ । समितिले कार्यदललाई आफ्ना मागहरूको बारेमा जानकारी गराएको उनले बताए । कार्यदलले सोमवार नै प्रमुख पदाधिकारीहरूसँग पनि छलफल गरेको छ । त्यसैगरी नागरिक समाज, सञ्चारकर्मीसँग छलफल गरेर प्रतिवेदन तयार गरिने कार्यदलका प्रवक्ता डा. शंकर नेपालले बताए । संघर्ष समितिसहित पदाधिकारी, नागरिक समाजसँग समेत छलफल गरेर विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गरिने उनको भनाइ छ । प्रतिष्ठानका उपकुलपति गिरीले वार्ताका लागि पटक पटक आह्वान गर्दा पनि संघर्ष समितिले उच्चस्तरीय वार्ता समितिसँग मात्रै वार्तामा बस्ने अडान कायमै राखेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टाचार अन्त्यका लागि जारी आन्दोलनको क्रममा असार १५ गते भएको वार्ता भाँडिएको थियो । संयुक्त संघर्ष समितिले गत बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै ४८ घण्टाभित्र माग पूरा नभए आइतवारदेखि दैनिक २ घण्टा इमर्जेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको चेतावनी दिएको थियो । बीपीका लेखाप्रमुखलाई कारबाही गर्न माग यसैबीच, चिकित्सकलाई दुव्र्यवहार गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाहीको माग गर्दै चिकित्सक, कर्मचारी लगायत आन्दोलित भएका छन् । संयुक्त संघर्ष समिति गठन गरी शुद्धीकरणको आन्दोलन चर्किरहेको बेला  प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई प्रतिष्ठानकै लेखा प्रमुखले गालीगलौज गरी धाकधम्की दिएको भन्दै जुनियर रेजिडेन्ट समेत आक्रोशित भएका छन् । उनीहरूले सोमवारदेखि प्रतिष्ठानको आकस्मिक र कोभिड उपचार बाहेक अन्य सेवा ठप्प पार्दैै दुव्र्यवहार गर्ने रायमाझीविरुद्ध कारबाहीको मागसहित इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । आइतवार राति ८ बजे प्रतिष्ठानका डीएम र एमडी अध्ययनरत विद्यार्थी डा. विप्लप कार्कीलाई आवास खाली गराउन लेखा प्रमुख रायमाझीले दिएको धम्की र गालीगलौज विरुद्ध सम्पूर्ण चिकित्सक आन्दोलित बनेका हुन् । जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले रायमाझीलाई आन्तरिक कारबाही स्वरूप प्रशासनबाट जिम्मेवारी मुक्त गर्न पनि माग गरेको छ ।

बीपीका चिकित्सक तथा कर्मचारीले पाएनन् तलब

जेठ २, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारीले तलब पाउन पटकपटक आन्दोलन गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय कोरोना महामारीमा जोखिमपूर्ण रूपमा संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा कर्मचारी समयमै तलब पाउन नसक्दा आफ्नो जिम्मेवारी पूरा गर्न हतोत्साहित भइरहेका छन् ।  केही दिनअघि कर्मचारीले तलबसहित भत्ता नपाएको भन्दै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रहरी प्रशासन लगाएर ताला तोडेका थिए । प्रतिष्ठानका कर्मचारी र चिकित्सक समेत समयमै तलब पाउनुपर्ने भन्दै बेला बेलामा आन्दोलित हुने गरेका छन् । मुख्य पदाधिकारी प्रतिष्ठानको काम भन्दै बेला बेला काठमाडौं पुगेर अनावश्यक खर्च गर्ने, तर चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन समस्या देखाउने गरेको आरोप लाग्दै आएको छ । विभिन्न बहानामा पदाधिकारीले खर्च गर्ने पैसा हुने, तर तलब भने खुवाउन नसकेको भन्दै एक चिकित्सकले गुनासो गरे । तलब नआउञ्जेलसम्म घरमै बस्ने निर्णय गरेको उनले सुनाए ।  पदाधिकारीलाई विभिन्न बहानामा घुम्न, डुल्न प्रतिष्ठानले खर्च गर्न सक्ने, चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन किन नसक्ने भन्दै उनले प्रश्न गरे । तलब खुवाउन नसके चिकित्सकले काम गर्न नसक्ने उनको भनाइ छ । प्रतिष्ठानले प्रत्येक महिनाको अन्तिम साता तलब दिने गरेको छ । तर अहिले भने दोस्रो महिनाको पनि दुई गते पुग्दासम्म पनि तलब नदिएको गुनासो उनको छ ।  प्रतिष्ठानले चिकित्सक तथा कर्मचारीको तलब मात्रै मासिक १२ देखि १३ करोड रुपैया हुने गर्दछ । आयस्रोतमा कमी आएको समयै तलब खुवाउन नसकेको प्रतिष्ठानको भनाइ छ । तर चिकित्सक तथा कर्मचारीले भने पदाधिकारी भ्रष्टाचारमा लिप्त भएकाले तलब सही समयमा दिन नसकेको आरोप लगाएका छन् । पहिलो चरणको कोरोना महामारीले आयस्रोत घटेको प्रतिष्ठानको गत असोज महिना देखि वृद्धि हुँदै गए पनि पुनः दोस्रो चरणको कोरोना महामारीले आयस्रोत घट्न गएकाले समयमै तलब दिन केही समस्या रहेको प्रतिष्ठानका रजिष्टार प्रा.डा. मोहनचन्द्र रेग्मी बताउँछन् । उनले भने, ‘आर्थिक संकट छ, आम्दानी घटेको छ, अनुदान आउँदैन, त्यही भएर तलबमा समस्या छ ।’ उनका अनुसार प्रतिष्ठान वार्षिक ४८ करोड रुपैयाको व्ययभारमा रहेको छ । प्रतिष्ठानको आयस्रोत वर्षको करिब १ अर्ब रहे पनि अहिले मासिक एक डेढ करोडको अनुपातमा आएको उनी बताउँछन् । उनले भने, ‘संकटमै छौं, ८० प्रतिशत आम्दानी घटेको छ, वार्षिक डेढ अर्बको पेरोल नै छ ।’  जनशक्तिको आकार ठूलो भएकाले पनि अहिलेको आम्दानीले धान्न नसकेको उनको भनाइ छ । व्यक्तिगत एजेण्डा लिएर काठमाडौं गई अनावश्यक खर्च नभएको उनले दाबी गरे । प्रतिष्ठानका पदाधिकारीहरुले अनावश्यक खर्च गरेर तलब खुवाउन नसकेको भन्ने चै आरोप मात्रै रहेको उनले बताए । प्रतिष्ठानमा आर्थिक संकट बढ्दै गएकाले सरकार सँग अनुदानको लागि पहल गरिरहेको उनले बताए । विद्यार्थी, अस्पतालको आम्दानी घटेकाले आर्थिक संकट रहेको उनको भनाइ छ ।

किन बारम्बार भइरहन्छ डाक्टरहरुको आन्दोलन? :: Pahilopost.com

काठमाडौं : पुसको पहिलो साता १४ बुँदे माग राख्दै सरकारी चिकित्सक संघ गोदानले स्वास्थ्य मन्त्रालयलाई चेतावनी दियो — 'तत्काल माग पूरा नगरे आन्दोलन गर्ने।' उसको मुख्य माग थियो— नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने। यस्ता चेतावनी पटकपटक विभिन्न चिकित्सक

नारायणी अस्पतालमा ७० जना चिकित्सक र कर्मचारी भेटिएनन् - Naya Patrika

नारायणी अस्पतालमा प्रशासनको छड्के जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा चिकित्सक तथा कर्मचारी गरेर ७० जना अनुपस्थित पाइएका छन् ।...पूरा पढ्नुहोस् »