शुक्रवार सरकारी अस्पताल जाँदै हुनुहुन्छ? आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्दैछन् चिकित्सक :: Pahilopost.com

काठमाडौँ : सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबार देशै भरीका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने भएको छ। सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध उनीहरुले आन्दोलन गर्दै आएका छन्। एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरु फेरि आन्दोलनमा छन्। त्यस्तै सरकारले तत्काल माग

सम्बन्धित सामग्री

काभ्रेको मेथिनकोट अस्पतालमा दक्ष जनशक्तिसँगै भौतिक संरचनाको अभाव

काठमाण्डौ – काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पतालमा दक्ष जनशक्ति, भौतिक संरचना र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विशेषज्ञ चिकित्सक नहुँदा विपी राजमार्गको छेउमा रहेको सरकारी अस्पताल मेथिनकोटमा पुग्ने बिरामीले उपचार पाउन सकेका छैनन् । अस्पतालले प्रदेश सरकारबाट पाँचवटा डायलायसिस मेसिन पाएको छ तर यो सेवा सञ्चालन गर्न दक्ष जनशक्ति अभाव छ । अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक औषधि नहुँदा समस्या भएको बताउनुभयो । ...

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसार्इंले जानकारी दिनुभयो । अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना …

भारत : नर्सबाट कुटाइ खाएका डाक्टर घरमा मृत फेला

भारतको उत्तर प्रदेशको रामपुरमा केही दिनअघि नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । नर्स र डाक्टरबीचको कुटाकुटको भिडियो भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि डिस्ट्रिक्ट मजिस्ट्रेटले चिकित्सकलाई बर्खास्त गरेका थिए । तर पछि उनलाई फेरि सरकारी अस्पताल ल्याइयो । डा बीएम नागरको शव उनको सरकारी निवासमा फेला परेको हो । स्वास्थ्य विभागका शीर्ष अधिकारीहरू घटनास्थल पुगेका थिए । सीएमएसले चिकित्सकको मृत शरीर निजी एम्बुलेन्समा राखेर गाउँ पठाउन खोजेका थिए तर प्रहरीले लग्न दिएन । पछि डा नाग...

देशभरका अस्पतालमा ओपीडी सेवा बन्द, स्वास्थ्यकर्मीको बिदा कटौती

चिकित्सक लगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ ।  स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था तत्काल गर्न पनि भनेको छ । कोरोना संक्रमितको संख्या बढेकाले बिदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्कन पनि मन्त्रालयले निर्देशन दिएको छ । मुलुकभरका सरकारी अस्पताल संक्रमितले भरिएपछि अपुग जनशक्ति व्यवस्थापन गर्न चिकित्सकलगायतलाई लामो बिदा नद...

भेरी अस्पतालमा कोरोना बिरामीको अवस्था

पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरूको अभाव भएको छ । जसका कारण संक्रमितहरू उपचारबाट बन्चित भएका छन् । गत वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको छ ।दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् । उनी भेरी […]

‘भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्रै अर्का सङ्क्रमितले बेड पाउँछन्’

बाँके – पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव भएको छ । जसका कारण सङ्क्रमितहरू सहजै उपचार पाउन सकिरहेका छैनन् । गएकाे वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर सहयोग गरेको भए पनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ ।  गएकाे १२ दिनअघि काेराेना सङ्क्रमित हुनुभएका दाङ तुलसीपुरका सन्तोष वली भेरी अस्पताल आसपासमा उपचारका लागि दौडधुप गरिरहेको भेटिनुहुन्छ । आफूसँगै सङ्क्रमित श्रीमतीको उपचारका लागि उहाँको दौडधुप बढेको हो । ...

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

काठमाडौं । पश्चिम क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन् । गत बर्ष सरकारले केन्द्रबाट चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ । दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् ।उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधूप गरिरहेको भेटिन्छन् । आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनको दौडधूप बढेको हो । अस्पताल बसाई उ

दाङमा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सील

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुर स्थित सरकारी अस्पताल प्रादेशिक अस्पताल सिल गरिएको छ। यो अस्पतालमा कार्यरत दुईजना चिकित्सक, तीन स्वास्थ्यकर्मी र तीनजना कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि शनिबार रातीदेखि अस्पताल सिल गरिएको हो।