नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफलका लागि आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।
नेताहरूको व्यस्तताका कारण बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अहिले कांग्रेसमा क्रियाशील सदस्यता छानविन मापदण्डको विषयमा विवाद देखिएको छ ।
क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २...