काठमाडौं महानगरपालिकाले कानुन विपरीत बनेका अवैध संरचनाहरु भत्काउन सुरु गरेपछि विभिन्न क्षेत्रमा संरचना बनाउनेहरुले नै हटाउन सुरु गरेका छन् । यस क्रममा बानेश्वरमा यूएफओ ब्रान्डलगायतका पसल चलिरहेको व्यावसायिक भवनको सञ्चालकले पार्किङ क्षेत्र खाली गर्न थालेको सूचना प्राप्त भएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो । महानगरले यसअघि नै अनधिकृत रूपमा संरचना निर्माण गरेका र पार्किङ गर्ने …