महानगरको डोजर अनामनगर क्षेत्रमा, विद्यालयकै अवैध संरचना भत्कियो

काठमाडौंमा बनेका अवैधध र अनधिकृत संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले शुक्रबार अनामनगर क्षेत्रमा डोजर चलाएको छ । महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउने क्रममा अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । महानगरपालिकाले केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका …