काभ्रे : कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै काभ्रेमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरी वैशाख १९ गते अर्थात् आइतबार राति १२ बजेदेखि लागू हुने गरी काभ्रेका बजार क्षेत्र र राजमार्गमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा वैशाख २६ गतेसम्म निषेधाज्ञा जारी हुने जानकारी दिए। उनका अनुसार अरनिको राजमार्गको साँगादेखि बनेपा बजार धुलिखेल सदरमुकाम पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म, बनेपा तीनदोबाटोदेखि नाला भगवती र बन