भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले ‘भारत राष्ट्र होइन’ भनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कडा जवाफ दिएका छन् ।
राज्यसभामा राष्ट्रपतिले दिएको अभिभाषणमा धन्यवाद प्रस्तावमाथिको छलफलमा भाग लिँदै मोदीले पार्टीको नाम ‘इन्डियन नेसनल कांग्रेस’ हटाएर ‘फेडरेसन अफ कांग्रेस’ राख्न गान्धीलाई सुझाव दिए ।
गान्धीले भारत देश राष्ट्र नभएर विभिन्न राज्यहरूको संघ हो भन्ने अभिव्यक्ति दिएका थिए । मोदीले लोकतन्त्रलाई सबैभन्दा बढी खतरा परिवारवादबाट रहेको समेत बताए । भारतीय कांग्रेसमा अध्यक्ष...