भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन्।
भ्याटिकन सिटीमा शनिबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले पोपलाई निमन्त्रणा गरेका हुन् । आफूहरूको भेटवार्ता अत्यन्त सौहार्दपूर्ण भएको उनले बताएका छन् ।
सुरुमा २० मिनेट मात्रै भेटवार्ता गर्ने तय भएको भएपनि उनीहरूबीच एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।
भारतका प्रधानमन्त्री मोदी र क्रिश्चियन धर्मगुरु फ्रान्सिसका बीचमा पहिलो पटक भेटवार्ता भएको हो । हिन्दु धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशका प्रधानमन्त्री र...