काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताउनुभएको छ ।
भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आफूले भारत भ्रमण गर्न लागेको बताउनुभएको हो ।
बाहिर आउँदा आकस्मिक जस्तो देखिए पनि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले नै यसअगाडि भारत भ्रमणको निम्तो दिनुभएको र अहिले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान...