काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो भारत भ्रमण रद्द गरेका छन्। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि उनले भारत भ्रमण रद्द गरेका हुन्। जोनसनलाई गत जनवरीमा भारतले गणतन्त्र दिवसका दिन विशेष अतिथिका रूपमा बोलाएको थियो। त्यतिबेला बेलायतका सङ्क्रमितका सङ्ख्या बढ्दा लकडाउन गर्नुपर्ने अवस्था आएपछि जोनसनले भारत भ्रमण रद्द गरेका थिए। बेलायती प्रधानमन्त्रीले यस वर्ष आज दोस्रोपटक भारत भ्रमण रद्द गरेका हुन्।