पाल्पा : कोरोना महामारीको दोस्रो लहर फैलिएपछि पाल्पाका सबै विद्यालय मंगलबारदेखि बन्द भएका छन्। विद्यालय बन्द भएपछि वार्षिक परीक्षा स्थगित भएका छन्। सञ्चालन भइरहेका परीक्षासमेत रोकिएका छन्।पाल्पामा ४९३ वटा विद्यालय छन्। जसमध्ये ४४९ सामुदायिक र ४४ वटा संस्थागत हुन्। विद्यालय बन्द भएसँगै ७१ हजार ३०२ जना विद्यार्थीको पढाइ प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेलले बताए। उनका अनुसार विद्यार्थी उक्त संख्या बाल कक्षादेखि १२ कक्षासम्मको हो।यहाँका १० वटै स्थानीय तहले विज्ञ