दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले पानी परेर गर्मी कम भएपछि विद्यालय खोल्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण बन्द भएका विद्यालय हिजाे (साेमवार) पानी परेपछि आज (मङ्गलवार) देखि खुलेका छन् ।
गर्मीले बन्द भएका विद्यालय आजदेखि खुलेका तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।
गर्मी बढेपछि एक हप्ताअघि विद्यालय बन्द गरेको उपमहानगरकाले बीचमा एक दिन खोलेको थियो । तर फेरि गर्मी बढेपछि विद्यालय बन्द गरिएकोमा पानी परेपछि आजदेखि खुलाइएको उपमहानगरपालिकाले जनाएको छ ।