बर्दिबासको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको संकट

१३ वैशाख, महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । ‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो’, बर्दिबास-९ पशुपतिनगर, झ्याकुलेटोलका […]

सम्बन्धित सामग्री

सर्लाही चुरे भेगका नागरिक फोहोर पानी पिउन बाध्य

सर्लाही : सर्लाहीको उत्तरी चुरे भेगका नागरिक फोहोर पानी पिउन बाध्य भएका छन्। बर्खाको भेलले खाने पानीको मुहान क्षतविक्षत बनाएपछि यस क्षेत्रका नागरिक फोहोर पानी पिउन बाध्य भएका हुन्। अहिले चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ।जिल्लाको उत्तरी चुरे भेगमा पर्ने भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, बिलन्दी, कोठीखोला टोल लगायतका क्षेत्रमा शुद्ध खानेपानीको सङ्कट भएको स्थानीयले गुनासो गरेका छन्।चुरे डाँडाका बस्ती र छेउछाउका बस्तीमा फागुन महिनाबाटै

सर्लाहीको चुरे क्षेत्रमा खानेपानीको संकट

सर्लाही : सर्लाहीको उत्तरी चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ। सुक्खा मौसम शुरु भएसँगै विगतमा झैँ यो वर्ष पनि जिल्लाको उत्तरी चुरे क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ।चुरे क्षेत्रका धारा, इनार, कुवा जस्ता खानेपानीका स्रोत सुक्न थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै समस्या भोग्दै आएका छन्। हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रमा पर्ने भालुखोप केरावारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला,

सर्लाही भालुखोपका बासिन्दा फोहोर पानी पिउन बाध्य

सर्लाही : सर्लाहीको मध्य उत्तरी चुरेमा क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१२ को भालुखोप र जलकिनीका बासिन्दाले खानेपानीका लागि वर्षौंदेखि सास्ती खेपिरहेका छन्। जाडो सुरु भएसँगै गाउँनजिकको खानेपानीको मुहान सुक्न थालेपछि ३ घण्टा हिँडेर खानेपानी ओसार्न उनीहरू बाध्य भएका छन्। कुखुरा बास्नासाथ सबै काम छाडेर एक गाग्रो पानी लिन ३ घण्टा पर जानु पर्ने यहाँका स्थानीयको नियति नै बनेको छ। खानेपानीको संकट बढेपछि अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय भीमबहादुर ...