सर्लाही : सर्लाहीको उत्तरी चुरे भेगका नागरिक फोहोर पानी पिउन बाध्य भएका छन्। बर्खाको भेलले खाने पानीको मुहान क्षतविक्षत बनाएपछि यस क्षेत्रका नागरिक फोहोर पानी पिउन बाध्य भएका हुन्। अहिले चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ।जिल्लाको उत्तरी चुरे भेगमा पर्ने भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, बिलन्दी, कोठीखोला टोल लगायतका क्षेत्रमा शुद्ध खानेपानीको सङ्कट भएको स्थानीयले गुनासो गरेका छन्।चुरे डाँडाका बस्ती र छेउछाउका बस्तीमा फागुन महिनाबाटै