सर्लाही : सर्लाहीको मध्य उत्तरी चुरेमा क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१२ को भालुखोप र जलकिनीका बासिन्दाले खानेपानीका लागि वर्षौंदेखि सास्ती खेपिरहेका छन्।
जाडो सुरु भएसँगै गाउँनजिकको खानेपानीको मुहान सुक्न थालेपछि ३ घण्टा हिँडेर खानेपानी ओसार्न उनीहरू बाध्य भएका छन्।
कुखुरा बास्नासाथ सबै काम छाडेर एक गाग्रो पानी लिन ३ घण्टा पर जानु पर्ने यहाँका स्थानीयको नियति नै बनेको छ।
खानेपानीको संकट बढेपछि अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय भीमबहादुर ...