सर्लाहीको चुरे क्षेत्रमा खानेपानीको संकट

सर्लाही : सर्लाहीको उत्तरी चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ। सुक्खा मौसम शुरु भएसँगै विगतमा झैँ यो वर्ष पनि जिल्लाको उत्तरी चुरे क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ।चुरे क्षेत्रका धारा, इनार, कुवा जस्ता खानेपानीका स्रोत सुक्न थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै समस्या भोग्दै आएका छन्। हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रमा पर्ने भालुखोप केरावारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला,