सडक नबन्दै बजेट सकियो

स्याङ्जाको मदिखोला–देभीभञ्याङे, गौमुख–पकवादी हुँदै चापाकोट सडक असारमा निर्माण भएर सम्पन्न नहुँदै जिर्ण बनेको छ । गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको सडक एक महिना नहुँदै जिर्ण बनेपछि स्थानीय आक्रोशित बनेका छन् । न सडक निर्माण हुन सक्यो न त बजेटको सदुपयोग भन्दै सडक उपभोग गर्ने स्थानीय आक्रोशित बनेका हुन् ।

सम्बन्धित सामग्री

समय अघि नै सडक निर्माण सकियो तर भुक्तानी भएन

निर्धारित मिति भन्दा अगाडी नै सडक निर्माण भएर गाडी गुडे पनि भुक्तानी नभएको पाइएको छ । सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा निर्माण गरिएको सडकका लागि पठाउनु पर्ने बजेट हालसम्म नपठाउँदा सडक निर्माण भएर सञ्चालनमा आए पनि भुक्तानी हुन नसकेको हो ।

न्यून प्रगति गरेको भौतिकलाई २ खर्ब बजेट आवश्यक

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मध्यफागुनसम्म २९ प्रतिशत प्रगति प्राप्त गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आव २०८१/८२ का लागि रू. १ खर्ब ३१ अर्बको सिलिङ पाएको छ । मन्त्रालयले भने रू. २ खर्ब बजेट आवश्यक हुने आकलन गरेको छ । राष्ट्रिय योजना आयोगले दिएको सिलिङ कम भएको मन्त्रालयको भनाइ छ । रू. २ खर्ब बजेट नपाए नयाँ कार्यक्रम अघि बढाउन नसकिने मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आवका लागि कम्तीमा १० प्रतिशत बजेट बढ्नुपर्ने बताए । पहिले नै ठेक्का सम्झौता भइसकेका परियोजनामा रकम भुक्तानी गर्न नपुगेको, आगामी आवमा काठमाडौं–तराई दु्रर्तमार्गलाई नै ५० अर्ब र सडक विभागका लागि १ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताउँदै उनले सिलिङ निकै कम भएको बताएका हुन् ।  गत आव २०७९/८० को ७ महीनामा २३ प्रतिशत प्रगति थियो । गत वर्षकै ५/६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सचिव शर्माले बताए । ‘त्यो रकम भुक्तानी गर्न सकियो भने ३५ प्रतिशत प्रगति पुग्थ्यो ।’ उनले भने । अहिले प्राप्त भएको सिलिङले आगामी आवमा नयाँ कार्यक्रम नै गर्न सक्दैनौं,’ शर्माले भने, ‘कि त ३/४ वर्ष पुराना काम गरेर नयाँ काम शुरू गरौं भन्नुपर्छ, नभए बजेटको आकार बढाऔं, यही बजेटले काम  गर्न सकिँदैन ।’ पूँजीगत बजेटको ठूलो अंश हुने यो मन्त्रालयको अधिकांश वजेट सडक विभागमा जान्छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले चालू आवको यो अवधिसम्म २६ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा विहीवार 'निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक'का विषयमा भएको छलफलमा शर्माले भने, 'हामीलाई कम सिलिङ दिइएको छ । यो त हातखुट्टा बाँधेर पौडी खेल भने जस्तो भएको छ ।' उनले २ वर्ष बजेट किन आवश्यक पन्यो भन्ने विषय पनि खुलाएका छन् । 'पुरानै कामका लागि सडक विभागलाई १ खर्व १ अर्व रुपैयाँ, चालू आवमा ठेक्का लागेका योजनालाई २० अर्व रुपैयाँ, दातृ निकायको सहयोगमा भएका काममा सरकारका तर्फबाट थप्नुपर्ने बजेटका लागि २० अर्ज रुपैयाँ चाहिन्छ,' शर्माले भने, 'यस हिसावले आगामी आवका लागि सडक विभागलाई १ खर्व ३० अर्ज, काठमाडौं-तराई द्रुतमार्गलाई ५० अर्व र यातायात व्यवस्था, जल र रेलका लागि थप वजेट चाहिनेमा १ खर्च २४ अर्वको सिलिङ प्राप्त भएको छ ।' मन्त्रालयको बजेट आव २०७९/८० मा १ खर्व ६५ अर्थ थियो । त्यसयताका वर्षमा गो बजेट क्रमशः घटेको छ ।

भरतपुर सडक विस्तार : बजेट र म्याद सकियो, काम सकिएन

भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमि सडकलाई ६ लेन बनाउने काम म्याद थप्दा पनि पूरा हुन सकेन । ०७७ भदौमा सुरु भएको सडक विस्तारको म्याद गत मंसिर २३ मा सकिएको हो ।

हुलाकी सडक : निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक वर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको १३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । यहाँ अझै ५० किलोमिटर सडक कालापत्र गर्न बाँकी छ । कैलालीमा लम्की–टीकापुरखण्डको साढे २९ किलोमिटर सडक स्तरोन्नति आर्थिक वर्ष २०७६/०७७ मै थालिए पनि हालसम्म आठ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । साढे २९ किलोमिटर उक्तखण्ड तीनओटा प्याकेजमा ठेक्का दिइए पनि पहिलो प्याकेजको काम मात्रै सम्पन्न भएको हो । त्यसैगरी कैलालीमा पूर्व–पश्चिम (धनगढी क्याम्पस रोड–सत्ती) ४४ किलोमिटर हुलाकी सडकमा पाँच किलोमिटर मात्रै काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिए । उनले कामको अवस्था हेर्दा चालु आर्थिक वर्षमा बजेट अपुग नभए सडक निर्माण सकिनेमा आफू आशावादी रहेको बताए । क्याम्पस रोड–सत्ती सडकखण्ड निर्माणका लागि चारओटा प्याकेजमा निर्माणको जिम्मा दिइएको इन्जिनियर सुनारको भनाइ थियो ।  चालु आर्थिक वर्षमा कैलालीतर्फ हुलाकी सडक निर्माणका लागि रु ३९ करोड सरकारले बजेट विनियोजन गरेको छ । ‘बजेट कम भएन र निर्माणमा कुनैखाले अवरोध भएन भने चालु आर्थिक वर्षमै काम सकिन्छ,’ उनले भने, ‘यहाँ निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि ढिलो भएको हो ।’ कैलालीमा हुलाकी सडक निर्माणको म्याद आगामी पुस मसान्तसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६४÷६५ देखि हुलाकी सडक निर्माणको कार्य शुरु गरिएको थियो । शुरुआतमा भारतको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी सडक निर्माण गरेको थियो । तर, सो कम्पनीले राजमार्ग निर्माण अधुरै छोडेपछि सरकारले उक्त सडक आयोजना आफ्नै लगानीमा अघि बढाएको थियो । यता कञ्चनपुरमा पनि साढे ६२ किलोमिटर हुलाकी सडकका लागि पाँचौं पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन । इन्जिनियर सुनारका अनुसार कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकमा साढे ३६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । विसं २०७३ फागुनमा निर्माण शुरु भएको उक्त खण्डलाई तीन प्याकेजमा निर्माण गर्न दिइएको थियो । पहिलो प्याकेज पाँचौं पटकसम्म म्याद थप गर्दा सकिए पनि दुईओटा प्याकेजको काम ५० प्रतिशतभन्दा बढी बाँकी नै छ । ‘दोस्रो प्याकेज (बेलौरी–बेल्डाँडी) २० किलोमिटरमध्ये साढे नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ,’ उनले भने, ‘तेस्रो प्याकेज (बेल्डाँडी–दैजी)को २४ किलोमिटरमध्येमा आठ किलोमिटरको काम सकियो ।’ उक्त दुवै प्याकेजको म्याद गत असारमा सकिएकोमा अहिलेसम्मका लागि पुनः म्याद थप गरिएको छ । यहाँ रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले दोस्रो प्याकेजको निर्माणको जिम्मा पाए पनि सो कम्पनी अहिले हुलाकी सडक योजना कार्यालयको सम्पर्कमा नरहेको इन्जिनियर सुनारको भनाइ थियो । रासस

सिद्धबाबाको वैकल्पिक सडक : २० करोड सकियो, काम सकिएन

बुटवल - सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।...

सिद्धबाबाको वैकल्पिक सडक : बजेट सकियो, काम सकिएन

बुटवल – सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्याए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो । जिल्ला समन्वय […]

२० करोड सकियो, सडक अझै अलपत्र

सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालम

भारतीय सिमानामा रेल जोड्न भन्दा सडक फराकिलो पार्न खर्च गरौं : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले भारतीय सिमानामा रेल जोड्न अरबौं खर्च गर्नुको सट्टा पहाड वा तराईमा बाटो फराकिलो बनाउन खर्च गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि आफ्नो धारणा राख्दै उनले सडक दुर्घटना बढिरहेकाले बाटो फराकिलो पार्न बजेट केन्द्रीत हुनुपर्ने बताए । उनले भने–‘चुस्स चुस्स भारतीय सिमानामा रेल जोड्ने भन्दापनि पहाड होस वा तराईमा फराकिलो सडक बनाउन सकियो भने आर्थिक रुपले सबैभन्दा राम्रो हुन्छ । अहिलेको सडक सडक सञ्जालको अवस्था

ट्र्याक खुलेको १२ वर्षमा पनि सञ्चालनमा आएन बेनी–भकुण्डे सडक

साउन १७, तनहुँ । बेनी नगर कार्यपालिकादेखि वडा नं २ भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्र्याक खुलेको १२ वर्ष बितिसक्दा अझै सञ्चालनमा आउन सकेको छैन । स्तरोन्नति हुन नसक्दा सो सडकखण्ड उपयोगविहीन बन्दै गएको हो । विसं २०६६ मा ट्र्याक खुलेको साढे ७ किमी दूरीको सो सडक खण्ड मर्मतका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च भइसकेको जानकारी दिइएको छ । सडकमा यातायातका साधन सञ्चालन हुन नसकेपछि मर्मतका नाममा खर्च भएको लाखौँ रकम बालुवामा पानी हाले जस्तै भएको स्थानीयवासीको गुनासोे छ । सो सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर, साना जीप र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । साना सवारी साधन पनि वर्षका चार महीना मात्र मुस्किलले सञ्चालन हुने गरेका स्थानीयले बताएका छन् । सडकमा मोटरसाइकलसम्म गुड्ने बनाउनका लागि स्थानीय प्रतिभा युवा क्लबमा आबद्ध पदाधिकारी र स्थानीयवासीले श्रमदान गरेर ढुंगा, गेगर पन्छाउने गरे पनि पानी पर्दाबित्तिकै सडकको अवस्था कामै नलाग्ने हुने गरेको प्रतिभा युवा क्लब ज्यामरुककोटका सल्लाहकार याम कार्कीले जानकारी दिए ।  सडकखण्डको कन्थराजथान क्षेत्र र रोहोटे क्षेत्रमा पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेटसक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ छ । ‘नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो, बाटोको स्थायित्व भएन’, स्थानीयवासी दिलबहादुर कार्कीले भने ।  उनका अनुसार बेनीदेखि भकुण्डेसम्म जानका लागि सल्लेनधारासम्म चार बाटा बनाइएको भए काम लाग्ने अवस्थामा छैनन् । बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदासमेत बाटो विग्रने गरेको छ । विसं २०६७ सालयता बेनी भकुण्डे सडकमा करीब ८० लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ ।  बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँकात्यूँ रहनुले स्थानीय सरोकारवालासँग यो सडकको अवस्था कहिले सुध्रन्छ भनेर प्रश्न गरिरहेका छन् । गत आर्थिक वर्षमा बेनी–वौर–ठूलोगैरा–खबरा (बिरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बांगघरा–पीपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खबरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कुल २६ लाख ५० हजार रुपैयाँ खर्च गरी मर्मत गरिएको बेनी–खबरा–भकुण्डे सडकमा पनि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सामान्य पानीपर्दा पनि सडक पानीले बगाउने गरेको छ । रासस