नेकपा एमालेका सांसद भीम रावलले भारतीय सिमानामा रेल जोड्न अरबौं खर्च गर्नुको सट्टा पहाड वा तराईमा बाटो फराकिलो बनाउन खर्च गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि आफ्नो धारणा राख्दै उनले सडक दुर्घटना बढिरहेकाले बाटो फराकिलो पार्न बजेट केन्द्रीत हुनुपर्ने बताए । उनले भने–‘चुस्स चुस्स भारतीय सिमानामा रेल जोड्ने भन्दापनि पहाड होस वा तराईमा फराकिलो सडक बनाउन सकियो भने आर्थिक रुपले सबैभन्दा राम्रो हुन्छ । अहिलेको सडक सडक सञ्जालको अवस्था