सुर्खेत : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालयमा खुला चौरमा कक्षा सञ्चालन भएको छ।बारेकोट गाउँपालिका–६ धुमास्थित कक्षा ४ पढ्ने सविन चलाउनेले घरको अवस्था देख्दा बैराग लाग्ने गरेको बताए। त्रिपालमुनि बसिरहेका उनको घर भत्किएपछि किताब पुरिएका छन्।घरभित्रको सामान निकाल्न नपाएको चलाउने परिवारले अहिले खुला आकाशमा त्रिपाल टाँगेर रातदिन कटाइरहेको छ। सबै सामग्री घरमै पुरिएपछि चलाउने परिवार एकसरो कपडामा रहेको छ। सरकारले अस्थायी संरचना बना