वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन कागजमै सीमित

सल्यान : नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनाभन्दा बढी भइसक्दा समेत सल्यानमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन सकेको छैन। इन्टरनेटको सुविधा नहुँदा ग्रामीण भेकका विद्यालयमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन नसकेको हो।सदरमुकाम रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भए पनि सदरमुकामकै अधिकांश विद्यालय बन्द छन्। शितलपार्टीमा रहेको शिवजन माध्यमिक विद्यालय र लुहापिङमा रहेको त्रिभुवनजन माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका छन्।तर सबै विद्यार्थीलाई