काठमाडौँ– कोरोना महामारीका कारण भौतिक रुपमा स्थगित त्रिभुवन विश्वविद्यालयको पठनपाठन फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ। बिहीबार सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा […]
११ माघ, अछाम । कोभिडका कारण भौतिक रुपमा उपस्थित भएर पढाउन नसकिएपछि केही विद्यालयले विभिन्न उपाय मार्फत विद्यार्थीहरुलाई पढाइसँग जोडिरहेका छन् । त्यसमध्ये अछामको साँफेबगर नगरपालिकाको प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माविले एउटा गज्जबको उपाय अपनाएर टोल कक्षा सञ्चालन गरिरहेको छ । अनलाइनमा विद्यार्थीको पहुँच नभएपछि विद्यालयले टोल–टोलमै पुगेर कक्षा सञ्चालन गरिरहेको छ । प्रभा […]
काठमाडौँ– त्रिभूवन विश्वविद्यालयले शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले बिहीबार सूचना जारी गरेर आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर असोज १ गतेबाट भौतिक रुपमा कक्षा सञ्चालन गर्न निर्देशित गरेको हो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रही स्थानीय निकायसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि पूर्व तयारी […]
पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण लामो समयदेखि भौतिक रुपमा विद्यालयका कक्षा सञ्चालन रोकिएकोमा क्रमश संक्रमण घटेसँगै पोखरा महानगरपालिका नगर शिक्षा समितको बैठकले यही असोज १ गतेदेखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिकाले महानगर अन्तर्गतका सम्पूर्ण विद्यालय, पूर्व प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण लगायतका कक्षा सञ्चालन गर्ने पाउने निर्णय गरेको हो । समितिले विद्यालय सञ्चालन
दाङ – लामो समयदेखि भौतिक रूपमा कक्षा सञ्चालन हुन नसकेका विद्यालयहरू भौतिक रूपमा नै भौतीक रुपमा नै कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । कोभिडको सङक्रमण कम तथा शैक्षिक सत्र सुरु भएको लामो समय भइसकेको तर विद्यार्थीहरूको पढाइ असर पुग्न थालेको कारण स्थानिय तहहरूले विद्यालय सञ्चालन गर्न तयारी गरेका हुन । स्थानीय तहहरूले भौतिक रुपमा […]
काठमाडौँ – विद्यार्थीहरुले अनलाइन कक्षाबाट छुटकारा पाउन थालेका छन् । विद्यालयहरुले बिस्तारै भौतिक रुपमै कक्षा सञ्चालन गर्न थालेका छन् । मंगलबारदेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेका हुन् । कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालयहरु फेरि बन्द भएर अनलाइन कक्षामा गएका थिए । संक्रमण रोकिएको छैन, […]
काठमाडौँ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने संकेत गरेको छ । तर, यसबारे मन्त्रिपरिषदले औपचारिक निर्णय गर्न नसक्दा अहिलेसम्म विद्यालयहरु भौतिक रुपमा सञ्चालनमा आइरहेकै छन् । तथापि विद्यार्थी र अभिभावकहरु अनलाइन कक्षा सञ्चालन हुनुपर्ने पक्षमा छन् ।आइतबार विद्यालयको पढाइ सकेर घर फर्कन लागेका केही विद्यार्थी र गेटमा भेटिएका अभिभावकलाई हामीले सोध्यौं– तपाईहरु विद्यालय खुलून् भन्ने चाहनुहुन्छ कि अनलाइन कक्षा सञ्चालन होस् भन्ने चाहनुहुन्छ ?केही विद्यार्थीले यसअघि पनि अनलाइन कक्षा लिएको