चीनको चर्को बिरोध र दवावका वावजूद अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आउनु भएकी उहाँले ताइवानी नेताहरूसँग आज भएको भेटमा उहाँले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताउनुभयो । राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने …