काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता लक्षित राष्ट्रिय स्तरको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम पोखरामा सम्पन्न गरेको छ । तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जानकारी दिने उद्देश्यले देशभरका करिब ४ सय अभिकर्ताको सहभागितामा तालिम सम्पन्न भएको कम्पनीले बताएको छ ।
कार्यक्रमको प्रस्तुति कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेल र सहजीकरण कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख बोधलाल पुरीले गरेका थिए । उक्त अवसरमा अभिकर्ताले सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेसामा उपयोग गरी कम्पनीको व्यवसायलाई थप उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।