नेपाल राष्ट्र बैँकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने भएको छ । यस्तो सुपरिवेक्षणका लागि राष्ट्र बैंकले छुट्टै महाशाखाको स्थापना गर्ने भएको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लौन्डिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको जनाएको छ । यसै महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा भए गरेका तथा सम्भावि