सम्पत्ति शुद्धीकरण निवारण के, किन र कसरी भन्ने सम्बन्धमा जनचासोलाई व्यापक र सशक्त बनाउन चेतनामूलक कार्यक्रम सञ्चालनको खाँचो देखिन्छ । यसले विद्यमान व्यवस्थामा सुधारको गुञ्जायसलाई औंल्याएको छ । सम्पत्ति शुद्धीकरण आर्थिक अपराधहरूमध्ये गम्भीर एक हो । सामान्यतया मौद्रिक लाभ लिने उद्देश्यले गरिने अनियमित र अनैतिक प्रकारका सबै हरकदलाई आर्थिक अपराध भनिन्छ । यसले वित्तीय कानुनी […]