काठमाडौं : सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा अब नेपाल राष्ट्र बैंकमै स्थापना हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी गतिविधि निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागेको जानकारी दिएको हो। महाशाखा आगामी माघ १ गतेदेखि सञ्चालन हुनेछ।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न राष्ट्र बैंकभित्र विशिष्टीकृत सुपरिवेक्षकीय