काठमाण्डौ - काठमाण्डौमा तरकारीको मूल्य दोब्बरले बढेको छ । बजारको आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि भाउ दोब्बरले बढेको हो । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ । गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।
काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहारीमा पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज राज्मा सिमी कि...