जनशक्तिको अभावमा सरकारी कार्यालयको कामकाज प्रभावित

रौतहटका विभिन्न सरकारी कार्यालयमा जनशक्तिको अभाव हुँदा कामकाज नै प्रभावित हुँदै आएको छ। दरबन्दी अनुसार कर्मचारी नहुँदा जिल्लाका विभिन्न सरकारी कार्यालयको कामकाज प्रभावित हुँदै आएको देखिएको हो।...

सम्बन्धित सामग्री

सरकारी कामकाज सुस्त हुँदा सरकारप्रति आक्रोश बढ्दै

काठमाडौं ।  सरकारी कामकाज सुस्त हुँदा सरकारप्रति जनआक्रोश बढ्दै गएको छ । सरकार र जनताबीच सेतुको काम गर्ने मुख्य जिम्मेवारी पाएको कर्मचारी प्रशासनको काम सुस्त हुँदा सरकारसँगै जनआक्रोश बढ्दै गएको हो । प्रधानमन्त्रीको समयको व्यवस्थापन, प्रशासनयन्त्रको समुचित परिचालन, संवैधानिक निकायलाई प्रभावकारीता, भ्रष्टाचार नियन्त्रण गर्ने र नीतिगत भ्रष्टाचार रोक्ने चासो, राजनीतिक नियुक्तिमा स्वच्छता र निष्पक्षता कायम […]

हिन्दी भाषालाई सरकारी कामकाजमा मान्यता दिन माग

जनकपुरधाम : सरोकारवालाले हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले जनकपुरधाममा शनिबार आयोजना गरेको ‘मधेशको राजनीतिमा हिन्दी भाषाको अन्तरसम्बन्ध’ विषयक परिचर्चा कार्यक्रममा सरोकारवालाले मधेशमा हिन्दीलाई कामकाजको भाषाको मान्यता दिन सरकारसँग माग गरे। कार्यक्रममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी यादवले हिन्दी भाषाले विगतदेखि नै नेपाल र भारतको सम्बन्ध

सरकारका कामकाज ‘भद्रगोल’, कर्मचारी ‘लगामबिनाका घोडा’

प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन-चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आउन छोडेपछि मन्त्री तथा अन्य कर्मचारी ‘लगामबिनाका घोडा’जस्तै बन्न थालेका छन् । प्रधानमन्त्रीले अन्य मन्त्रीको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय नियमित अनुगमन तथा कार्यसम्पादन मूल्याङ्कन गर्न नसक्दा सरकारका अधिकांश कामकाज ‘भद्रगोल&

‘नेपालका भाषा र सरकारी कामकाज’ पुस्तक बजारमा

काठमाडौं । नेपालमा बोलिने भाषाबारेको पुस्तक ‘नेपालका भाषा र सरकारी कामकाज’ सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत् भीमनारायण रेग्मीले लेखेको पुस्तकमा नेपालमा बोलिने १४० भाषा र ७५३ स्थानीय तहमा प्रचलित भाषाको विषयमा प्रकाश पारिएको छ । नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, […]

‘नेपालका भाषा र सरकारी कामकाज’ पुस्तक बजारमा

भीम नारायण रेग्मीको ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तक बजारमा आएको छ । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत रेग्मीको ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तक फ्याक्स नेपालले बजारमा ल्याएको हो । पुस्तकमा नेपालमा बोलिने भाषाबारेको तथ्यांकलाई समेटिएको छ ।पुस्तकमा नेपालका ७५३ वटै स्थानीय तहमा बोलिने भाषासम्बन्धी तथ्यांक पनि समेटिएको छ । […]

कोरोनाका कारण खोटाङमा सरकारी कामकाज प्रभावित

खोटाङ – दैनिकजसो बढिरहेको कोरोना भाइरस संक्रमणका कारण खोटाङमा सरकारी कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयका कर्मचारीसमेत संक्रमित हुन थालेपछि नियमित सेवा प्रभावित भएको हो ।कर्मचारी संक्रमित भएपछि जिल्लामा स्थानीय तहका साथै विभिन्न सरकारी कार्यालयले धमाधम अत्यावश्क बाहेकका सेवा बन्द गर्न थालेका छन् ।जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले […]

कोरोनाले सरकारी कामकाज प्रभावित

जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी कोभिड–१९ (कोरोना भाइरस) संक्रमित भएपछि सोमबारदेखि दैनिक हुने कामकाज प्रभावित भए। अत्यावश्यकबाहेक अन्य काम प्रशासनले बन्द गरेको छ।...

सूचना प्रवाहमा कमजोर सरकारी कार्यालय

जुम्लामा करिब चार दर्जन बढी सरकारी कार्यालय छन् । साविक कर्णालीको अञ्चल सदरमुकामसमेत रहेको जुम्लामा पूर्वाधार विकास, अनुसन्धान, नियमित सेवा प्रवाह गर्ने विभिन्न चार दर्जन बढी कार्यालय छन् । सूचनाको हक ऐन २०६४ र नियमावली २०६५ अनुसार कुनै पनि निकायले गरेका कामकाज गतिविधि बारे आम नागरिक सूचना पाउने अधिकारको सुनिश्चिता गरिएको छ ।आर्थिक सुशासन कायम […]

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको कामकाज देउखुरीबाट सुरु

दाङ– लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले बुटवलमा सम्पर्क कार्यालय राखेर मन्त्रालयको सबै कामकाज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट सुरु गरेको छ। राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँस्थित वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी भवन मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। सोही भवनबाट मन्त्रालयको कामकाज सुरु गरिएको छ। वडा कार्यालय अर्को भवनमा सारिएको छ। मन्त्रालयको […]

सरकारी कामकाज : जनतालाई सास्ती

गोविन्द अधिकारी  सरकार हाँक्नेहरूले जति नै ठूला सपना बाँडे पनि सरकारी संयन्त्रको कामकाज ‘सिमसिमे राजाको