धनकुटामा बाढीपहिरोले ५ परिवार विस्थापित, ठाउँ-ठाउँमा सडक अवरुद्ध

धनकुटा । अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धनकुटाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बाढी पहिरोले कतिपय सडक अवरुद्ध भएका छन् भने केही परिवार बिस्थापित बनेका छन् । बर्षाका कारण अरुण नदीमा आएको बाढीले जमिन कटान गर्न थालेर घर जोखिममा परेपछि महालक्ष्मी नगरपालिका–५ रामबजारका तीन र पहिरोले घरमा क्षति पुर्याएपछि धनकुटा नगरपालिका–१ हिलेका दुई …

सम्बन्धित सामग्री

बाढीपहिरोले ताप्लेजुङका सडक तहसनहस

करिब चार सय परिवार विस्थापित, एक सय घर बाढीपहिरोको जोखिममा बुधबारदेखि निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा व्यापक क्षति भएको छ । सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट बाह्य जिल्लामा आवतजावत ठप्प बनेको छ । जिल्लाका...

बझाङको एउटा गाउँ नै पहिरोमा, २३ जना बेपत्ता

फाइल फोटोबझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुसल छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

ऋषिङमा बिजुली नियमित

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिरोले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिंगो गाउँपालिका अन्धकारमय बनेको थियो । गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी अन्धकारमा बस्न बाध्य थिए । गाउँपालिकाको ८ वटै वडामा विद्युत् अवरुद्ध हुँदा स्थानीयले सास्ती भोग्नुपरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।      अविरल वर्षाले शृंगपथअन्तर्गत अजम्बरीमा पुनः पहिरा खसेर सडक अवरुद्ध भएको छ । उक्त स्थानमा अघिल्लो महिनाको वर्षाले क्षति पुगेको छ । वर्षाका कारण गाउँपालिकाका ८ वटाघरमा पूर्ण क्षति भएको छ । उनले भने, ‘आंशिक क्षति भएका घरको तथ्यांक लिने काम भइरहेको छ ।’       ऋषिङ गाउँपालिका–८ मिलनचोकस्थित प्रेम शाहीको घर जमिनदेखि करिब दुई मिटर तल भासिएर क्षति भएको छ । शृंगपथका विभिन्न स्थानमा पहिरो खसेका कारण आउजाउमा कठिनाइ भएको छ । यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएसँगै मानिसको आउजाउमा कठिनाइ भएको छ । ऋषिङ, घिरिङ र भीमाद गरी तीन पालिकाबीच यातायात सेवा नियमित बनाउने विषयमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । त्यसैगरी जिल्लाका घिरिङ गाउँपालिका–१ अत्रौली निवासी टीकाराम दर्जी, रामबहादुर विक र बमबहादुर थापाको घर जोखिममा रहेका छन् । घरमाथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो जाने उच्च जोखिममा छ । पहिरोका कारण रीता विक र शर्मिला थापाको परिवार विस्थापित भएको स्थानीय विष्णुभक्त सिग्देलले बताए । पीडित परिवारलाई उचित राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायसँग माग गरिएको उनले जानकारी दिए । रासस

पहिरोमा ७ को मृत्यु, ३ बेपत्ता

निरन्तरको वर्षासँगै आएको पहिरोमा परी दार्चुला, तनहुँ र पाल्पामा सात जनाको मृत्यु भएको छ । पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा केही घाइते छन् भने सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ । बाढीपहिरोका कारण दर्जनौं परिवार विस्थापित हुनुका साथै सयौं घर उच्च जोखिममा छन् ।

बेसीशहर -डुम्रे सडक अवरुद्ध, एक जिप बगायो

लमजुङ । आज बिहानदेखि लगातार परेको बर्षाको कारण आएको बाढीले विभिन्न क्षेत्रमा तहस नहस गरेको छ । बाढी पहिरोका कारण बेसीशहर– डुम्रे सडक अवरुद्ध भएको छ भने एउटा कार बगाएको छ । मध्यनेपालमा ५ घर परिवार विस्थापित भएका छन् । डुम्रे – बेसीशहर सडक अवरुद्ध हुँदा उक्त सडकको चापवास क्षेत्र भानु नगरपालिका– ३ तनहूँमा बहने […] The post बेसीशहर -डुम्रे सडक अवरुद्ध, एक जिप बगायो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

पहिरोका कारण बागलुङमा पाँच घर विस्थापित, सडक अवरुद्ध

बागलुङ :  वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्। काठेखोला गाउँपालिका-७ जिरेदीमा घरमाथि र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सदरमुकाम बागलुङ बजार हुँदै रेस जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो। जिरेदीका चित्रबहादुर कार्कीको घरमाथिबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए। सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन्। सबै परिवारका सदस्यलाई ...