बझाङको एउटा गाउँ नै पहिरोमा, २३ जना बेपत्ता

फाइल फोटोबझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुसल छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

सम्बन्धित सामग्री

चार जना असईसहित २३ जना प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीका चार जना प्रहरी सहायक निरीक्षक (असाई) सहित २३ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

माओवादी केन्द्रमा २३ जना प्रवेश

सिमकोट – नेकपा माओवादी केन्द्रमा २३ जना प्रवेश गरेका छन्। उनीहरू सबै सवतन्त्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। माओवादी केन्द्र नयाँ युुवा स्वतन्त्रबाट पार्टीमा प्रवेश गरेको जनाएको छ। पार्टी प्रवेश गर्नेलाई केन्द्रले एक कार्यक्रम आयोजना गरी खादा लगाएर स्वागत गरेको थियो। त्यसमा २२ जना सिमकोट गाउँपालिका र एक जना सर्केगार्ड गाउँपालिकाका युवा छन्। प्रवेश गर्ने […]

बसको ‘ब्रेकफेल’ भई दुर्घटना हुँदा २३ जना घाइते

कावासोती : पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी…

बस दुर्घटनामा २३ जना घाइते

कावासाेती- पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए। घाइतेलाई उपचारका […]

धनगढी गइरहेको बस दुर्घटना हुँदा २३  जना घाइते

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

२३ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ । स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र  सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् । त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम […]

२३ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र  सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् ।त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २ सय ६४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् । जसअन्तर्गत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रोबस चलाउने चालक १ जना र मोट

उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं । एमसीसीको विरोधमा बन्द गराउँन निस्केका २३ जना बन्दकर्तालाई उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान पक्राउ पर्नेमा २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको हाे । पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत रहेको प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले ईमेज खबरलाई […]

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

कैलाली, कात्तिक २ । बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम बहादुर चन्दका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका […]

बझाङमा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता

बझाङ जिल्लाको थलारा गाउँपालिका–४ डिख्लामा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता भएका छन् । डिख्लामा मंगलवार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएको स्थानीय शान्ति माविका शिक्षक मदन साउँदले जानकारी दिए । बेपत्ता हुनेमा गगन सार्कीका एकैघरका १८ जना र नरे पार्कीको घरका ५ जना छन् । गगन सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सकुशल रहेका जनाइएको छ । पहिरोको क्षतिबारे जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क हुन सकेन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपर...