कम उमेरमै बुढो हुने समस्याबाट ग्रस्त एक किशोरीको निधन भएको छ । उनी केवल १८ वर्षकी थिइन् । तर उनको शरीर १ सय ४४ वर्ष सरहको थियो । असन्ती स्मिथको गत शनिबार निधन भएको हो । उनी ‘हचिन्सन गिल्फोर्ड प्रोगेरिया सिन्ड्रोम नामक एक दुर्लभ खाले रोगबाट ग्रस्त थिइन् । जसकारण आम मानिसको शरीर आठ वर्षमा जति बुढो हुन्छ, उनको शरीर १ वर्षमा त्यति बुढो हुन्थ्यो । यी किशोरीकी आमा फोएबे लुइस स्मिथले बलियो इच्छाशक्ति भएकी आफ्नी उत्कृष्ट छोरीप्रति सम्मान प्रकट गरेकी छिन् । रोगले आफ्नो छोरीको सुन्दर भावना