दाइजो प्रथालाई चुनौती दिँदै डा.अनिलले गरे आदर्श विवाह

सर्लाही । सर्लाहीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । सर्लाहीको पर्सा गाउँपालिका वडा नं.४ कविलासीका यूवा डाक्टर अनिल कुमार यादवले विना दाइजो विवाह गरेका हुन् । तराईमा दाइजो प्रथा व्याप्त छ । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती […] The post दाइजो प्रथालाई चुनौती दिँदै डा.अनिलले गरे आदर्श विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कानुनले तह लगाउन नसकेको दाइजो प्रथा

‘छोरी राम्री थिई । ऊ त्यो फोटोमै हेर्नुस् न । पढ्दै पनि थिई । केटा पक्षबाट कुरा आयो । केटा इन्जिनियर हो, हामीलाई दाइजो केही चाहिँदैन पनि भने । आफन्तजनसँग सरसल्लाह, रिनपान गरेर छोरीको विवाह गराइदिएका थियौं ।’ यति भनेपछि आरती साहका आमाबाबु अगाडि बोल्न सकेनन् । मधेशको यो परिवारलाई दाइजोको कुराले जीवनभर नमेटिने पीडा दिएको छ ।

दाइजो प्रथालाई चुनौती दिँदै बिनोद र कृतिले गरे आदर्श विवाह

तराईमा दाइजो प्रथा व्याप्त छ । तर, सप्तरीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । राजविराज नगरपालिका ५ का यूवा बिनोद यादवले विना दाइजो विवाह गरेका हुन् ।...

महिलाका मुद्दा उठाउँदा ‘झगडालु’ को आरोप लाग्छ सांसदलाई

काठमाडौं : ‘बाल विवाह तथा दाइजो प्रथा विरुद्ध आवाज उठाएबापत बिचल्लीमा परेकी युवती म,’ पर्सा वीरगन्जकी युवती रिंकु ठाकुर जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुसँगको भर्चुअल अन्तरक्रियामा भन्दै थिइन्, ‘घर छोड्दा १७ वर्षकी थिएँ। घर छोडेको पाँच वर्ष भयो, यसबिचमा मेरो जीवनमा धेरै अप्रिय घटनाहरु भए, तर कुनै निकायको चासो भएन।’ नेपाल…

समाज सुधारको बहस चल्यो,न दाइजो हट्यो,न तडकभडक घट्यो

प्रदेश २ मा महिला हिंसाको जड रहेको दाइजोप्रथा हटाउनुपर्ने बहसले गति लिए पनि व्यवहारमा न दाइजो हट्यो न विवाह लगायतका सामाजिक काममा हुने तडकभडकमा कमी आयो । महिला अधिकारकर्मी रेणु कर्ण भन्नुहुन्छ, प्रदेश २ का सरकारले बेटी पढाउ,बेटी बचाउ अभियानले दाइजो प्रथा घटने आशा जागेको थियो तर व्यवहारमा त्यस्तो देखिएन, झन् दाइजो बढेको छ । दाइजोसँगै तडकभडकका साथ गरिने विवाह पनि टाउको दुखाइ भइरहेको छ । हैसियत अनुसारको विवाहको गर्नुृको साटो टेन्ट सजावटमा नै न्यूनतम एक लाखदेखि अधिकतम् तीस लाखभन्दा पनि बढि खर्च गरेर समाजमा शान मान देखाउने गरिएको छ ।

बालविवाह र दाइजो प्रथा रोक्न जनप्रतिनीधिको प्रतिबद्धता

४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १५ बस्ने सुधा कुमारी साह कानु आफू २० वर्ष नपुगी विवाह नगर्ने, दाईजो माग्नेसँग विवाह नगर्ने र अरुले बाल विवाह गर्न वा दाइजो लिन लागेको खण्डमा विरोध गर्ने निश्कर्षमा पुगेकी छन् । सानै उमेरमा विवाह हुँदा शारीरिक र मानसिक रुपमा विकास नहुने हुँदा …

१० छात्रछात्राले गरे दाइजो नलिई विवाह गर्ने अठोट

वीरगञ्ज, २६ मंसिर । तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ । तर पर्साको सुखचैना स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना …