वाग्मती प्रदेशमा निजामती कर्मचारी अवकाशको उमेर हद ६० वर्ष कायम भएको छ । सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गरेसँगै उक्त उमेर हद तोकिएको हो ।