वर्षाका कारण बाँकेमा करिब २५ प्रतिशत धानमा क्षति

नेपालगञ्ज– वर्षाले बाँकेमा २२ देखि २५ प्रतिशत धानबालीमा नोक्सानी पुर्‍याएको प्रारम्भिक तथ्यांक निकालिएको छ। जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले वर्षाका कारण २२ देखि २५ प्रतिशत धानबालीमा नोक्सानी पुर्‍याएको बताए। ‘यो क्षतिको प्रारम्भिक अनुमान हो। यकिन तथ्यांक लिने काम भइरहेको छ,’ ढकालले भने। ढकालका अनुसार बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धानखेती भएको […]

सम्बन्धित सामग्री

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति - Nepal Japan

सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ । जिल्लाक

लगातारको वर्षाले बागलुङमा धान बालीमा क्षति

गलकोट : लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबालीमा  क्षति पुर्‍याएको छ। निरन्तरको वर्षाका कारण हावाहुरीले ढालेर पानीले भिजाएर धानमा क्षति पुगेको हो। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार केही स्थानमा धान ढलेको छ यो वर्ष धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। ‘हामीले सबै पालिकामा लगातारको वर्षाले पुर् याएको क्षतिको विवरण संकलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ’, उनले भने, ‘हालसम्म निसीख

दाङमा ७० करोडको धानमा क्षति

दाङमा बेमौसमी वर्षाका कारण दाङमा करिब ७० करोड रुपैयाँको धान बालीमा क्षति पु¥याएको छ । जिल्लाका १० स्थानीय तहबाट संकलन गरेको तथ्यांक अनुसार उक्त रकम बराबरको धान बालीमा क्षति पुगेको हो ।कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँको क्षति भएको हो । जिल्लामा ८ हजार ९ सय […]

धानमा क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत

सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बाढीबाट साँढे दुईलाख मेट्रिकटन भन्दा बढी धान क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । …

धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए ।उनका अनुसार मध्यम किसान (१० कठ्ठादेखि तीन बिघा वा सो बराबरको जग्गा) मा क्षति बेहोरेका किसानलाई ३० प्रतिशत र तीन बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय गरेको छ । उनले नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य निर्धारण गरी उक्त राहत दिइने पनि जानकारी गराए  । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाई स्वीकृ्तिका लागि पेश गर्ने निर्णय पनि गरेको छ ।

गण्डकी प्रदेशमा ३ हजार मेट्रिक टन धानमा क्षति

गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा ३ हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा १ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित ३ हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिइन् । कृषि अर्थविज्ञ अधिकारीका अनुसार जिल्ला–जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरू र पालिकाहरूबाट संकलन गरिएको विवरणअनुसार गण्डकी प्रदेशमा २ हजार ३७८ हेक्टर क्षेत्रफलको धान भित्र्याइ...

बेमौसमी वर्षाले सिन्धुलीमा साढे ३ सय बढी हेक्टर जमिनको धानमा क्षति

अत्याधीक वर्षाका कारण सिन्धुलीमा करिब साढे ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अमागाईले जानकारी दिए।...

वर्षाले प्रदेश २ मा १५ प्रतिशत धानमा क्षति

देशभरि केही दिनदेखि भइरहेको निरन्तरको वर्षाका कारण प्रदेश २ मा पनि ठुलो क्षति भएको छ । प्रदेश २ मा वर्षाका कारण मानवीय क्षति नभएपछि धानबालीमा व्यापक क्षति भएको हो । प्रदेश २ का खेतहरूमा लगाइएका धानहरू मध्ये १५ प्रतिशत धानमा क्षति पुगेको जनाइएको छ ।कार्तिक महिनामा अप्रत्याशित रूपमा अविरल वर्षाका कारण बालासम्म फुट्न नपाएको धानको बिरुवा पानीमा ढलेको छ । ढलेका धानहरूमा क्षति पुग्ने किसानहरूको भनाइ छ । कम लम्बाई हुने धानहरू सोना मनसुली, कतरनी, रामविलास लगायतका धानहरूमा क्षति नपुग्ने अनुमान कृषि ज्ञान

दाङमा वर्षाको असर - काटेको धान खेतमै नष्ट, बाढी र पहिरोले यातायात सेवा प्रभावित

दाङ – दाङमा हिजाे आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।यस्तै वर्षाका कारण दाङका खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ । दाङकोे पातु खोला, ग्वार खोला, ...